Search

२२औं अन्तर्राष्ट्रीय पुस्तक मेलामा मैथिलीको प्रतिनिधित्व

काठमांडू, जून ६, २०१८. मैथिली जिन्दाबाद!!

मैथिली भाषा-साहित्यका पाठकाहरुको विस्तार गर्न र भारत नेपालको बीचमा सिनेहबंध (मित्रता) प्रगाढ गर्ने उद्देश्यले मैथिली मचान भारतको राजधानी दिल्ली हुंदै अब नेपालको राजधानी काठमांडू को २२औं अन्तर्राष्ट्रीय पुस्तक मेलामा सहभागी भएको छ। मात्रै मैथिली पुस्तकहरुको प्रदर्शनी र बिक्री स्टालको नाम मैथिली मचान हो र पूर्वमा भारतको नयां दिल्लीमा भएको दिल्ली विश्व पुस्तक मेलामा दुइ-दुइ चोटि महत्वपूर्ण प्रतिनिधित्व र सहभागिता दिइ सकेपछि पहिलो चोटि नेपालमा प्रतिनिधित्व प्रदान गर्दै भारत र नेपालका विभिन्न मैथिली भाषा प्रकाशकहरु तथा लेखकहरुका कृतिहरुलाई पाठकका लागि उपलब्ध गराएकोछ।
 
विश्वकै प्राचीन भाषा मध्य मैथिली भाषा हो। यस भाषाका लिखित साहित्य हजारौं वर्ष देखिनको उपलब्ध छ। तर कालान्तरमा यस भाषालाई राज्यवाट केहि खासै संरक्षण र संवर्धन उपलब्ध न भएको कारण आज विश्व कै लोपोन्मुख भाषामा समेत गइसकेको चिन्ता साहित्यिक-सामाजिक अगुआहरुले गर्छन्। मैथिली मचानको स्थापना र पुस्तक प्रदर्शनी र बिक्री-वितरण यसै चिन्ताको उपज हो, मंच संचालिका डा. सविता झा खान भन्नुहुन्छ। दिल्ली विश्वविद्यालयमा मोडर्न हिस्ट्रीको प्राध्यापक पनि रहनुभएका डा. खान मैथिली भाषा र साहित्यका लागि विभिन्न प्रयासहरु गर्दै आइ रहेका छिन्।
 
यस मैथिली मचानमा पुस्तकहरुको बिक्री-वितरणका अतिरिक्त दुवै देशका मैथिली सर्जक, विचारक, फिल्मकार, लेखक, कवि र अभियानीहरुलाई निम्त्याउंदै भाषा-विमर्शका कुल ६ वटा सत्र राख्दै महत्वपूर्ण चर्चा-गोष्ठीको आयोजन पनि गरेकोछ। भारतवाट डा. रमानन्द झा रमण, डा. बुद्धिनाथ मिश्र, प्रो. रामचैतन्य धीरज, डा. कमल मोहन चुन्नू, अजित आजाद, मैथिल प्रशान्त, डा. पंकज प्रियान्शु, गुंजन श्री, डा. अशोक कुमार मेहता आदि र नेपालवाट डा. राम अवतार यादव, डा. रेवती रमण लाल, राम भरोस कापड़ि ‘भ्रमर’, डा. सी. के. लाल, रमेश रंजन झा, धीरेन्द्र प्रेमर्षि, राजकुमार महतो, अमितेश शाह, प्रवीण नारायण चौधरी, रूपा झा, माधवी कर्ण, सरिता साह, विजेता चौधरी आदि विभिन्न विमर्शमा भाग लिइ रहेका छन्।
 
जून १ देखि आरम्भ भएको यस मैथिली मचानको उद्घाटन डा. उपेन्द्र महतोले गर्नु भएको थियो। यो मचान ९ जून सम्म भृकुटि मण्डपमा चलि रहेको २२औं अन्तर्राष्ट्रीय पुस्तक मेलामा रहनेछ। काठमांडू र वरिपरिका भाषा-साहित्यप्रेमी पाठकहरुका लागि यो अत्यन्तै महत्वपूर्ण अवसर हो। जसरी काठमांडूको भूमिका मल्लकाल देखि नै मैथिलीभाषाको संरक्षण-संवर्धनमा अगाडि रहेको छ सोही परम्परा अझ भविष्यमा बनी रहोस् – यो कुरा मैथिली मचानका सह-संचालक अमित आनन्दले भन्नू भयो।
 

Related Articles