http://rajbirajdainik.com.np/Home/News/2570
मातृभाषामा पठनपाठन हुन नसकेकोमा चिन्ता व्यक्त
सुरु भयो मैथिली सम्मेलन
जनकपुर — १६ हौं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शनिबारदेखि जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभाकक्षमा सुरु भएको छ ।

१६औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनका क्रममा शनिबार बिहान जानकी मन्दिरबाट निस्केको प्रभातफेरी । शनिबारदेखि जनकपुर उद्योग वाणिज्य संघको राजर्षिजनक सभाकक्षमा सुरु सम्मेलनमा नेपाल र भारतका १ सयभन्दा बढी वरिष्ठ साहित्यकार, भाषाविद्, संस्कृतिविद्, चित्रकार, गायकगायिकाको सहभागिता छ । दुईदिने सम्मेलनको उद्घाटन प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले गरे ।तस्बिर: श्यामसुन्दर/कान्तिपुर
नेपाल र भारतका १ सयभन्दा बढी वरिष्ठ साहित्यकार, भाषाविद्, संस्कृतिविद्, चित्रकार, गायकगायिकाको सहभागिता रहेको दुई दिवसीय सम्मेलनको उद्घाटन प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले गरेका छन् ।
उद्घाटन मन्तव्यका क्रममा प्रदेश प्रमुख कायस्थले दुई देशका साहित्यकार, संस्कृतिविद् तथा भाषाविदहरूको सहभागितामा आयोजित विचार मन्थनबाट प्राप्त उपलब्धि प्रदेश र संघीय सरकारका लागि सहायक हुने बताए ।
उनले भने, ‘प्रदेश र संघीय सरकार भाषा नीति बनाउने गृहकार्यमा जुटेको छ । यस सम्मेलनबाट प्राप्त हुने निष्कर्ष दुवै सरकारका लागि सहायक हुनेछ ।’ प्रदेश २ सरकार गठन भएको एक वर्ष हुन लागे पनि हालसम्म प्रदेशको नामकरण, सरकारी कामकाजको भाषा तथा स्थायी राजधानीबारे निर्णय हुन सकेको छैन ।
प्रदेश प्रमुख कायस्थले मैथिली मीठो र समृद्ध भाषा भएको उल्लेख गर्दै यस भाषामा प्रयुक्त धार्मिक, सांस्कृतिक, आध्यात्मिक पक्ष सराहनीय रहेको बताए । ‘तपाईंहरू विचार मन्थन गर्नोस् । सरकारलाई सुझाव दिनोस् । कार्यान्वयन हुन सक्ने सुझाव सरकार सकारात्मक रूपमा लिन्छ,’ उनले भने ।
दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको दोस्रो दिन आइतबार पूर्वाञ्चल विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा.रामावतार यादवको अध्यक्षतामा भाषा, साहित्य, पुरातत्त्व, मातृभाषा शिक्षण लगायतका विषयमा विचार मन्थन हुँदै छ । जसमा पुरातत्त्वविद् तारानन्द मिश्र, शिक्षाविद् देवेन्द्र मिश्र, भोजपुरी साहित्यकार गोपाल अश्क तथा बज्जिका भाषाका साहित्यकार संजय साह सहभागी छन् ।
यसैगरी विचार मन्थनको दोस्रो सत्रमा भारत पटनाका साहित्य समीक्षक डा.रमानन्द झा रमण, भारत, दरभंगाका चन्द्रेश तथा डा.रेवतीरमण लाल र श्याम शशिको कार्यपत्र प्रस्तुत हुनेछ ।
१६ औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आयोजक समितिका संयोजक रामभरोस कापडि भ्रमरको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा गायक रमा मण्डल, साहित्यकार डा.जयनारायण यादव तथा स्वर्गीय योगेन्द्र साह नेपालीलाई ‘मिथिला रत्न’ सम्मान प्रदान गरिएको थियो भने भोजपुरी साहित्यकार गोपाल अश्कलाई मिथिलाश्री तथा मुम्बैका साहित्यकार तथा पत्रकार दीपक झालाई अन्तर्राष्ट्रिय सद्भाव सम्मान प्रदान गरिएको थियो । यसैगरी मिथिला लोकचित्रकार अजित साह,गायिका तनुजा पटेल र रश्मीरानीलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
उद्घाटन सत्रमा रामभरोस कापडि भ्रमरद्वारा लिखित मैथिली भाषाको घरमूहा उपन्यासको हिन्दी अनुवादसहित प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित मैथिली लोकसंस्कृति विविध आयाम, अन्तर्राष्ट्रिय मैथिली सम्मेलन स्मारिकासँगै जनकपुरधाम महिमा र मिथिला भूमि नामक दुई मैथिली गीति अलबमको लोकार्पण पनि गरिएको थियो ।
https://www.kantipurdaily.com/entertainment/2019/03/06/155184337477453048.html
सबैतिर मिथिला
जनकपुर — क्यानभास मात्रै हैन, टिसर्ट, झोला, ऐना, चिया कपदेखि काइँयोसम्म सुन्दर आकृति कोरिएका छन् । घरको भित्ता सजाउने क्रममा विकास भएको मिथिला चित्रकलाको फराकिलो आयाम बुझ्न यहाँ जारी जनकपुर साहित्य कला तथा उत्सव अन्तर्राष्ट्रिय नाट्य महोत्सव उपयुक्त थलो बनेको छ ।

सांस्कृतिक, भाषिक र अन्य विचारप्रदान बहससँगै मिथिला चित्रकलाको प्रदर्शनीले भिन्न माहोल सिर्जना गरेको हो । मैथिली विकास कोषले गरेको ६ दिने महोत्सवमा तीन पुस्ताका कलाकारहरूको मिथिला चित्रकला एउटै थलोमा अवलोकन गर्न पाइन्छ । मैथिली समाजमा प्रचलित मिथ, लोक परम्परा र सांस्कृतिक प्रतीकहरूलाई आधुनिक शैलीमा पस्केका छन् कलाकारहरूले । कतै राम जानकीको प्रेमलीला, कतै जनजीवन र अहिलेको सामाजिक सञ्जालको विकृति समेटिएका दृश्यहरू ।
प्रदर्शनीमा ५६ वर्षीया मिथिला देवी यादव, ३२ वर्षीया सुनैना ठाकुर तथा फाइन आर्टमा डिप्लोमा गर्दै गरेकी २० वर्षीया मनीषा साहका पेन्टिङहरू छन् । तीनै पुस्ताका कलाकारहरूको पेन्टिङमा फरकफरक स्वाद अनुभव गरे चित्रकार एवं पूर्व प्राज्ञ एससी सुमन । पुस्ताअनुसार चित्रकारहरूको शैली र सोचमा परिवर्तन आउनु सुखद रहेको उनको दाबी छ । ‘चित्रहरूमा समकालीन समाजलाई अभिव्यक्त गरिएको पाएँ,’ उनले भने, ‘युगबोधअनुसार आफ्ना सिर्जनालाई परिमार्जित गर्दै लानु असल सर्जकको गुण हो । मिथिला पेन्टिङमा देखिएको युगबोधले उज्वल भविष्यको संकेत गर्छ ।’
प्रदर्शनीमा पारम्परिक मिथिला पेन्टिङको बाहुल्य देखिए पनि २० वर्षीया मनीषा साहको पेन्टिङले युवा युवतीलाई औधि प्रभावित गरेको छ । पुरुषप्रधान समाजमा गाउँ वा सहर जहाँ बसे पनि युवतीहरू स्वतन्त्र रूपमा बस्न नपाएको सन्देश उनको चित्रमा छ । ग्रामीण युवतीहरू चुला वर्तनमा लागेकी हुन्छन् भने सहरिया युवतीहरू अपेक्षाकृत स्वतन्त्र जीवन बिताए पनि मोबाइल, फेसबुक, ट्वीटर लगायतका आधुनिक प्रविधिका कारण जालोमा पर्ने गरेको चित्रले बताउँछ ।
महोत्सवको चौथो दिन ‘मिथिला चित्रकलामा सिर्जन र व्यवस्थापन’ विषयक विमर्शमा वीरेन्द्र पाण्डे, एससी सुमन, सुनैना ठाकुर, चन्दा साह, विजयदत्त मणि, मनीषा साह तथा नित्यानन्द मण्डल सहभागी भए । सुमनका अनुसार देशविदेशमा लोकप्रिय बन्दै गएको मिथिला चित्रकला व्यावसायिक युगमा प्रवेश गरेको छ । त्यस्तै ‘समकालीन मैथिली रंगमञ्च र मिथिला समाजमा महिलाको सामाजिक सांस्कृतिक भूमिका’ विषयमा रमेश रञ्जन झा, धीरेन्द्र प्रेमर्षि, प्रमेश झा, अजित आजाद र किसलय कृष्ण तथा रीता साह, मञ्जु यादव, विजेता चौधरी, पुनम झा, विभा झा र रूपा झालगायत बहसमा उत्रे ।
महोत्सवको तेस्रो दिन सोमबार ‘केन्द्रीकृत पत्रकारिता र मिथिला’ विषयमा ‘नेपाल’ का सम्पादक बसन्त बस्नेत, ‘अन्नपूर्ण पोस्ट’ का प्रधान सम्पादक हरिबहादुर थापा, ‘जनकपुर टुडे’ का सम्पादक बृजकुमार यादव, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिलकुमार मिश्र तथा पत्रकार अनिलकुमार कर्णले बोले । ‘प्रदेशको भाषा र नामकरण’ विषयमा भने प्रदेश सांसदहरू रामसरोज यादव, शत्रुघ्न महतो, परमेश्वर साह, रामाशीष यादव, रामचन्द्र मण्डल, भाषा अभियन्ता परमेश्वर कापडी तथा प्रदेश २ का महाधिवक्ता दीपेन्द्र झा सहभागी भए । ‘नेपालमा मैथिली लेखनको अवस्था’ माथि भने सुरेन्द्र लाभ, अयोध्यानाथ चौधरी, रोशन जनकपुरी, महेन्द्रकुमार मिश्र, विजेता चौधरी तथा प्रवीण नारायण चौधरीले विचार राखे ।
कथा हिंसा र प्रेमको
महोत्सवअन्तर्गत नै हरेक दिन नाटक पनि मञ्चन भइरहेको छ । सोमबार दुई नाटक मञ्चन भए । अफगानिस्तानको परवज थिएटर ग्रुपले शैयद इद्रीश फकिरीको ‘ता रिहाय’ मञ्चन गर्यो भने लोकसञ्चार काठमाडौंले मैथिली भाषाको नाटक ‘किशोरी’ ले मञ्चन गर्यो । ‘ता रिहाय’ मा तालिवानी द्वन्द्वको पृष्ठभूमिमा फरक समुदायबीचको प्रेम र द्वन्द्व पस्केको थियो भने ‘किशोरी’ मा महिला हिंसाको विकृृत रूप । जनकपुरधाममा नाटकको लामो परम्परा रहे पनि पहिलो पटक तेस्रो मुलुकको नाटक हेर्ने मौका पाएका हुन् दर्शकले । ‘अभिनयको कुनै भाषा हुँदैन,’ अभिनेता मुरलीधर मिझारको प्रतिक्रिया थियो, ‘अफगानी कलाकारहरूको भाषा नबुझे पनि दर्शकलाई कथावस्तु बुझ्न कठिनाइ भएन ।’
रमेशरञ्जन झाद्वारा लिखित तथा प्रियंका झा र सविन कट्टेलद्वारा निर्देशित ‘किशोरी’ मा महिला हिंसाका कथाव्यथा पस्किएको थियो । महिलालाई भोग्य वस्तुको रूपमा मात्रै बुझ्ने पुरुषप्रधान समाजप्रति कडा प्रहार गरिएको नाटकमा ममता पण्डित, सरिता साह, रिना रिमाल, सारथि लामा, जानुका दाहाल र प्रियंका झाले अभिनय गरेका छन् । पुरुषपात्रको भूमिकामा पनि महिला प्रयोग गरिएको सम्भवतः यो पहिलो मैथिली नाटक हो । लेखकले नाटकमार्फत रंगमञ्चको नयाँ भाषा निर्माण गर्ने प्रयास गरेको दाबी गरे ।
प्रकाशित : फाल्गुन २२, २०७५ ०९:२१
https://books.google.com.np/books?id=H5YhO8DDxbMC&pg=PP11&lpg=PP11&dq=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B5%E0%A5%80%E0%A4%A3+%E0%A4%A8%E0%A4%BE%E0%A4%B0%E0%A4%BE%E0%A4%AF%E0%A4%A3+%E0%A4%9A%E0%A5%8C%E0%A4%A7%E0%A4%B0%E0%A5%80&source=bl&ots=wvZJGfS_X-&sig=ACfU3U1RT4TJwQJHEbHvcdwYw5svBMR9kA&hl=en&sa=X&ved=2ahUKEwjysOTovZjjAhWd7nMBHTQ4DJs4ChDoATACegQIBxAB
http://rajbirajdainik.com.np/Home/News/2570
https://www.jagran.com/bihar/saharsa-13187865.html
http://thahakhabar.com/news/17243
http://www.newsofbihar.com/lifestyle/spiritual/16th-maithili-sammelan-happen-in-the-janakpur
http://mithilasamvad.blogspot.com/2015/08/blog-post_28.html
http://newsbiharlive.com/breakingnews/maithan/64939/
https://m.dailyhunt.in/news/india/hindi/live+bihar-epaper-livbihar/dahej+mukt+mithila+mairathan+daud+me+umade+log+sabane+kaha+dahej+na+lena+aur+na+dena-newsid-90356558
https://jagranhindi.in/?p=3118
https://www.onlinesiraha.com/2016/10/
बिहार :: दहेज़ मुक्त मिथिला के लिए मैराथन, धावक दीपक ने लगाया 60 हजार मीटर दौड़
http://prakashjhamlr.blogspot.com/2016/02/blog-post.html
https://www.jagran.com/bihar/saharsa-13187865.html
https://jagranhindi.in/?p=3118
http://www.newsofbihar.com/lifestyle/spiritual/16th-maithili-sammelan-happen-in-the-janakpur
https://m.dailyhunt.in/news/india/hindi/live+bihar-epaper-livbihar/dahej+mukt+mithila+mairathan+daud+me+umade+log+sabane+kaha+dahej+na+lena+aur+na+dena-newsid-90356558
विराटनगर में आयोजित होगा १७वाँ अन्तर्राष्ट्रीय मैथिली सम्मेलन
http://www.onlinesiraha.com/2016_10_06_archive.html
https://www.deshajtimes.com/%E0%A4%9C%E0%A4%A8%E0%A4%95%E0%A4%A8%E0%A4%82%E0%A4%A6%E0%A4%A8%E0%A5%80-%E0%A4%95%E0%A5%80-%E0%A4%AE%E0%A4%BE%E0%A4%9F%E0%A5%80-%E0%A4%B8%E0%A5%87-%E0%A4%AE%E0%A4%BF%E0%A4%A5%E0%A4%BF%E0%A4%B2/